You are viewing the translated version of पैठारीकर्ताको दायित्व.
Section 8
पैठारीकर्ताको दायित्व
(१) पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-
(क) परल मूल्यभन्दा बढी वा फरक नपर्ने गरी पैठारी गर्नु पर्ने,
(ख) सम्बन्धित निकाय वा अधिकारीले माग गरेको बखत पैठारी गरिएको वस्तु सम्बन्धी वस्तुको विवरण उपलब्ध गराउने,
(ग) प्रचलित कानून बमोजिम पैठारी गर्न नपाइने वस्तु पैठारी नगर्ने,
(घ) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वस्तुको गुणस्तर वा प्रकृति बमोजिम अन्यथा व्यवस्था भएकोमा बाहेक पैठारी भएको मितिबाट छ महिनापछि उपभोग गर्न नहुने वा नसकिने वा त्यस्तो अवधि समाप्त भएपछि उपभोग गर्न नमिल्ने वस्तु पैठारी गर्न पाइने छैन।
(३) कसैले लेबलमा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरी वस्तु पैठारी गरेकोमा त्यस्तो वस्तुको प्रयोगबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो हानि, नोक्सानी वापत पैठारीकर्ता जिम्मेवार हुनेछ र त्यस बापत क्षतिपूर्ति दिने दायित्व निजको हुनेछ।